काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २५६ र एन्टिजेन परीक्षणबाट ५६ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ८ हजार ६९३परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ५ हजार १०३ र एन्टिजेन परीक्षण ३ हजार ५९० भएको छ । २४ घण्टामा ९११ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ छ ।
२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ५ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।
