Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

फेरी ओरालो लाग्यो शेयर बजार: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको गरे कारोबार ?

फेरी ओरालो लाग्यो शेयर बजार: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको गरे कारोबार ?


  • 3.6K
    Shares

    फेरी ओरालो लाग्यो शेयर बजार: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको गरे कारोबार ?
    images

    साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार ओरोलो लागेको छ । सोमबार र मंगलबार दोहोरो अंकले बढेको बजारले आज भने ओरालो यात्रा तय गरेको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ५१७.९३ विन्दुमा झरेको छ । 

    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचूअल फण्ड र हाइड्रोपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।

    यस दिन पनि नेपाल टेलिकमको नै सर्वाधिक कारोबार भएको छ । टेलिकमको १९ करोड ३७ लाख ८५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    बुधबार युनाइटेड ईदी मार्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड ईदी मार्दीको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १० रुपैयाँ १० पैसा र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५९ रूपैयाँ ७० पैसा पुगेको छ ।

    ttt.jpg

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १५:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij