Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

विद्यार्थीहरूका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम, नेपाली विद्यार्थीले कसरी दिने आवेदन ?

विद्यार्थीहरूका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम, नेपाली विद्यार्थीले कसरी दिने आवेदन ?


  • 4.5K
    Shares

    विद्यार्थीहरूका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम, नेपाली विद्यार्थीले कसरी दिने आवेदन ?
    images

    विद्यार्थीहरूका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना गर्न लागेको हो ।

    आइतबार शिक्षा पत्रकार समूह र गैरआवासीय नेपाली संघ अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको घोषणा गरिएको हो ।

    यसमा स्नातक तह अध्ययनरत अमेरिका र नेपाल दुवै देशका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । कार्यक्रमका संयोजक एवं साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीका अध्यक्ष डा. माधव पाण्डेले नेपाल र अमेरिकामा रहेका विद्यार्थीहरूलाई समूहगत प्रतिस्पर्धा गराइने जानकारी दिए ।

    पाण्डेका अनुसार विद्यार्थीहरूमा ‘क्रिटिकल थिङ्किङ’को विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो । प्रतिस्पर्धामा समूहकार्यबाट सिकाइ आदानप्रदान हुने, एकअअर्कामा सांस्कृतिक ज्ञान र अन्तरघुलन हुने, सिकाइ सीप सिक्ने अवसर पाउने अपेक्षा राखिएको उनले बताए ।

    प्रतियोगितामा प्रथम हुनेलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार अमेरिकी डलर प्रदान गर्ने संघका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए ।

    यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालयतहमा अध्ययनरत विद्यार्थी मात्रै सहभागी गराइएको थियो भने यसपटक स्नातक तहका र नेपालका विद्यार्थीलाई पनि सहभागी गराउन लागिएको हो ।

    प्रतिस्पर्धामा एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरूले आफ्नो योजना र अवधारणा प्रस्तुत गर्नुपर्ने जनाइएको छ । जसमा विद्यार्थीहरू समूहमा बसेर काम गर्ने र समूहमै ‘आइडिया’ प्रस्तुत गर्न सक्नेछन् ।

    कसरी दिने आवेदन ?

    प्रतिस्पर्धामा सहभागी हुन योग्य विद्यार्थीले आफ्नो नाम, ठेगाना, कलेजको नामसहित dreambig@nrnusa.org मा इमेलमार्फत् आउँदो मार्च २० भित्र आवेदन दिन सक्नेछन् ।

    आवेदन दिएपछि दुई सय शब्दमा प्रतिस्पर्धामा सहभागी हुनुको कारण, आफ्नो योजना र आइडियासहितको लेखन दुई हप्ताभित्र पठाउनुपर्नेछ । सोही लेखनका आधारमा आवेदकमध्येबाट १०० विद्यार्थी छनोट गरिनेछ ।

    यसरी छानिएका दुवै देशका विद्यार्थीहरूलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइनेछ । छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ ।

    अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रूपमा विद्यार्थीहरूले बुझाउनु पर्नेछ । र, मे २८ र २९ मा समूहका प्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाएर विजेता घोषणा गरिने जनाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १४:४१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij