Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रशासन मन्त्रालयले गर्‍यो ५ सहसचिवको सरुवा

प्रशासन मन्त्रालयले गर्‍यो ५ सहसचिवको सरुवा


  • 3.7K
    Shares

    प्रशासन मन्त्रालयले गर्‍यो ५ सहसचिवको सरुवा
    images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सहसचिवहरूको सरुवा गरेको छ ।

    मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सहसचिवहरू बासुदेव घिमिरे र सुर्यप्रसाद सेढाईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

    अर्को अतिरिक्त समूहमा रहेका सहसचिव दिपक घिमिरेलाई राष्ट्रिय किताबखाना (निजामती) मा सरुवा गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राम चरित्रलाई इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव उमेश ढुंगानालाई संघीय मन्त्रालयको अतिरिक्तमा ल्याइएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १३:४५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij