Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

डा. विकास लामिछानेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

डा. विकास लामिछानेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त


  • 3.3K
    Shares

    डा. विकास लामिछानेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त
    images

    दाङ । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

    समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । उपकुलपतिका लागि गरिएको तीन जनाको सिफारिस मध्येबाट डा. विकास लामिछाने नियुक्त गरिएको हो ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - ११:११:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij