Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

१७ अंकले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

१७ अंकले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट


  • 3.2K
    Shares

    १७ अंकले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
    images

    साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसुचक करिब साढे १७ अंक बढेर बन्द भएको छ। 

    यस दिन नेप्से परिसूचक १७.४२ अंक बढेर २७३५.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर कारोबार भएको बजारमा आज २२८ कम्पनीको ४८ हजार १९५ पटकको कारोबारमा ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको ६० लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मैलुङ खोला जलविद्युतको शेयरमूल्य ६२ रुपैयाँ बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ८३ रुपैयाँ ४० पैसा बढेर ९१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। 

    कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको करिब साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने यस दिन घटेको हो।

     

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - १५:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij