Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

झण्डै एक दर्जन सुचकमा एनआईसी एशिया ‘नम्बर वान’, नाफामा पनि पहिलो हुने तयारी

झण्डै एक दर्जन सुचकमा एनआईसी एशिया ‘नम्बर वान’, नाफामा पनि पहिलो हुने तयारी


  • 3.2K
    Shares

    झण्डै एक दर्जन सुचकमा एनआईसी एशिया ‘नम्बर वान’, नाफामा पनि पहिलो हुने तयारी
    images

    काठमाडौं । बैंकिङ क्षेत्रमा तीब्ररुपमा प्रगति गर्न सफल भएको एनआईसी एशिया बैंक झण्डै एक दर्जन सुचकहरुमा समग्र बैंकिङ क्षेत्रमा नै ‘नम्बर वान’ बैंकको रुपमा रहेको छ । 

    सो बैंकले विभिन्न सुचकहरुमा आफू बैंकिङ क्षेत्रको नम्बर वान बैंकको रुपमा रहेको भन्दै विवरणसमेत सार्वजनिक गरिसकेको छ । अब बैंकले नाफामा पनि पहिलो बनेर आफ्ना शेयरधनीलाई उच्चप्रतिफल दिन योजना बनाएको छ । 

    यसअघि कर्पोरेट नेपालसँगको कुराकानीमा बैंकका सीईओ रोशन न्यौपानेले अधिकांश सुचकमा एनआईसी एशियाअरुभन्दा अगाडि आइसकेको र नाफामा पनि चाँडै पहिलो हुने बताएका थिए । बैंकका अधिकारीहरुले कोभिड १९ पछिको विषम परिस्थितिका कारण केही ढिलाई भए पनि चालु आर्थिक बर्षमै मुनाफा आर्जनमा पहिलो बन्ने योजनाका साथ आफूहरुले काम गरिरहेको बताएका छन् । 

    कुन कुन सुचकमा एनआईसी एशिया नम्बर वान ? 
    एनआईसी एशिया कुल कर्जा प्रवाह र कुल निक्षेप संकलनमा नम्बर वान रहेको छ । बैंकले दुई खर्ब ७३ अर्ब रुपियाँभन्दा बढी छ जुन समग्र बैंकिङ क्षेत्र भन्दा ८४ प्रतिशतले बढी हो । त्यस्तै कुल कर्जा प्रवाह समग्र बैंकिङ क्षेत्रभन्दा ९३ प्रतिशत बढी गरी दुई खर्ब ९९ अर्ब रुपियाँ पुर्याउन सफल भएको छ । 

    एनआईसी एशियाको प्रतिशेयर आम्दानी ४१.४३ रुपियाँ छ जबकी समग्र बैंकिङ क्षेत्रको १८.४४ रुपियाँ मात्रै छ । प्रतिशेयर आम्दानीमा बैंक समग्र बैंकिङ क्षेत्रभन्दा १२५ प्रतिशतले अगाडि छ । स्व–पूँजीमा प्रतिफलमा पनि बैंक समग्र बैंकिङ क्षेत्रभन्दा झण्डै दोब्बरले अगाडि छ । 

    एनआईसी एशियाको स्व–पूँजीमा प्रतिफल २१.७७ प्रतिशत छ भने समग्र बैकिङ क्षेत्रको ११.३९ प्रतिशत मात्रै छ । आक्रामक बजार विस्तारका कारण एनआईसी एसियाको ग्राहक संख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । सो बैंकको ग्राहक संख्या ३० लाख भन्दा बढी छ भने समग्र बैंकिङ क्षेत्रको १२ लाख ९५ हजार मात्रै छ । ग्राहक संख्यामा बैंक समग्र बैकिङ क्षेत्रभन्दा १३२ प्रतिशत अगाडि छ । 

    त्यस्तै, शाखा संख्या समग्र बैकिङ क्षेत्रको १७३ हुँदा एनआईसी एशियाको ३५८ (१०७ प्रतिशत बढी) विस्तारिक काउन्टर संख्या समग्र बैंकिङ क्षेत्रको ४ वटा हुँदा एनआईसी एशियाको ७० (एक हजार ६५० प्रतिशत बढी), एटीएम संख्या समग्र बैंकिङ क्षेत्रको १३७ हुँदा एनआईसी एशियाको ४७३ (२४५ प्रतिशत बढी), डेबिटकार्ड प्रयोगकर्ता समग्र बैंकिङ क्षेत्रको तीन लाख ११ हजार हुँदा एनआईसी एशियाको १२ लाख ३५ हजार र मोवाइल बैंकिङ प्रयोगकर्ता समग्र बैंकिङ क्षेत्रको चार लाख ७९ हजार हुँदा एनआईसी एशियाको १६ लाख ८० हजार (२५० प्रतिशत बढी) रहेको छ । 

    एनआईसी एशियाको प्रगति अहिले अन्य बैंकहरुको लागि पनि लोभलाग्दो र इस्र्याको विषय बन्दै आएको छ । विगतमा सबल मानिएका बैंकहरुलाई पनि अहिले एनआईसी एशियाले उछिनेर आफूलाई पहिलो नम्बरको बैंकको रुपमा उभ्याउन सफल भएको छ । 

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - १३:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij