Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेपाल बैंक र गुडविल फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

नेपाल बैंक र गुडविल फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?


  • 4.4K
    Shares

    नेपाल बैंक र गुडविल फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको एक करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता शेयर सूचिकृत भएको हो ।

    नेपाल बैंक लिमिटेडको कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

    त्यसैगरी, गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार एक सय ५२ कित्ता शेयर सूचिकृत भएको हो ।

    कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १६:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij