Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

दोहोरो अंकले बढ्यो शेयर बजार: सोमबार यी कम्पनीको सर्वाधिक कारोबार, नेपाल टेलिकम अग्रर पङक्तिमा

दोहोरो अंकले बढ्यो शेयर बजार: सोमबार यी कम्पनीको सर्वाधिक कारोबार, नेपाल टेलिकम अग्रर पङक्तिमा


  • 3.8K
    Shares

    दोहोरो अंकले बढ्यो शेयर बजार: सोमबार यी कम्पनीको सर्वाधिक कारोबार, नेपाल टेलिकम अग्रर पङक्तिमा
    images

    साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । नेप्से ०.९४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ विन्दुमा झरेको छ । 

    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।

    सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ५० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    आज पनि युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ ।

    आज नबिल डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य १.९५ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेको छ ।

    यस्तै, दोस्रो स्थानमा जीवन विकास लघुवित्त रहेको छ । आज कम्पनीको २६ करोड ३ लाख बढीको कारोबार भएको छ ।

    अन्य कुन कम्पनीको कतिको कारोबार ?

    pppii.jpg

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १५:४५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij