Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी

‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी


  • 3.2K
    Shares

    ‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी
    images

    काठमाडौं । ‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    ठगी गरेको आरोपमा रौतहट माधबनारायण नगरपालिका–२ का सुभम साह र बारा महागढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । दवै जना पर्साको वीरगञ्ज बस्दै आएका थिए ।

    उनीहरुले ९८२९४०२०४९ नम्बरबाट ई–सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी सर्वसाधरणलाई बिश्वासमा पारी ई–सेवा आईडीको ओटीपी प्राप्त गरेको प्रहरीले जनाएको छ ।

    ओटीपी पाएपछि बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरुले आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको प्रहरुलिे जनाएको छ । 

    यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १३:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij