Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

१८ निर्जीवन बीमा कम्पनीः ६ महिनामा कुनले कति कमाए ?

१८ निर्जीवन बीमा कम्पनीः ६ महिनामा कुनले कति कमाए ?


  • 4.3K
    Shares

    १८ निर्जीवन बीमा कम्पनीः ६ महिनामा कुनले कति कमाए ?
    images

    काठमाडौं । १८ निर्जीवन बीमा कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ९८ करोड ९१ लाख ९३ हजार रुपैयाँ मुनाफा गरेका छन् ।

    अघिल्लो वर्षको यसैअवधिमा निर्जीवन बिमा कम्पनीहरुले २ अर्ब ८ करोड १५ लाख ८१ हजार रुपैयाँ मुनाफा कमाएका थिए । गत वर्षको तुलनामा चालु आवको दोस्रो त्रैमासमा भने निर्जीवन कम्पनीको मुनाफा गिरावट आएको छ । चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले मुनाफा गरेको छ ।

    शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्ममा २४ करोड ३० लाख १० हजार रुपैयाँ मुनाफा गरेको छ । कम्पनीको मुनाफा गत आवको तुलनामा ०.६६ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले २४ करोड १४ लाख मुनाफा गरेको थियो ।

    दोस्रो त्रैमासमा १८ निर्जीवन बीमा कम्पनीमध्येका ७ कम्पनीको मुनाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको छ भने अन्य ११ बढेको छ ।

    pp.jpg

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १२:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij