Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

तनहुँमा जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण सुरु

तनहुँमा जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण सुरु


  • 2.8K
    Shares

    तनहुँमा जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण सुरु
    images

    तनहुँ । जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।

    प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ । 

    कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो । उनले भने, “कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क्रमिक रुपमा बढाउँदै सेवा प्रवाह गर्न थालिएको छ ।” 

    कर्मचारीको जनशक्ति बढाएर दुई स्टेशनबाट सेवा दिने योजना बनाइएको उनले बताए । ई–पासपोर्ट लागू गर्नुअघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राही पासपोर्टका लागि सेवा लिन आउने गरेका थिए । जनताले घरबाटै अनलाइनबाट फर्म भरेर प्रशासनमा आएर अन्य सेवा लिन सकुन भन्ने उद्देश्यले अनलाइन प्रणालीको व्यवस्था गरिए पनि सर्वसाधारणमा उक्त पहुँच पुग्न नसकेको सहायक प्रजिअ गैरेले जानकारी दिए । 

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १२:५५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij