२०८२ मंसिर १३ गते शनिवार
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
उक्त आईपीओमा हालसम्म २ हजार ३८ जना आवेदकले ३ करोड ४४ लाख ८७ हजार रूपैयाँ बराबरको ३ लाख ४४ हजार ८ सय ७० कित्ताका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न। ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।
आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैंक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर शाखा, महालक्ष्मी विकास बैंक खाडिचौर शाखा र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij