२०८२ मंसिर ६ गते शनिवार
काठमाडाैं । नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । बारकाे चैत १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको हाे । चुनाव देशैभर एकसाथ हुने निर्वाचन समितिले जानकारी दिएकाे छ । चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।
चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको निर्वाचन समितिले जनाएकाे छ । यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
निर्वाचन समितिका अनुसार फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij