२०८२ भाद्र २ गते सोमवार
मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुरथिमी –१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा सामान्य घाइते भएका बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल चालक रौतहट गौर नगरपालिका–८ का ४१ वर्षीय युवराज विक उपचारपछि सवारी साधनसहित महानगरीय प्रहरी वृत थिमीको नियन्त्रणमा रहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij