२०८२ माघ १० गते शनिवार
सोमबारको प्रि ओपन सेसनमा नेप्स परिसूचक २ अंकले बढेको छ। आइतबार ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा पुगेको नेप्से आजको सो सेसनमा २.१५ अंकले बढेर २६९५.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७ कम्पनीको १९ लाख ४२ हजार १४८ रुपैयाँ ६० बराबरको १ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ र एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij