Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ललितपुर महानगरपालिकाले आजबाट २९ वडामा बुस्टर डोज खोप दिँदै

ललितपुर महानगरपालिकाले आजबाट २९ वडामा बुस्टर डोज खोप दिँदै


  • 3.4K
    Shares

    ललितपुर महानगरपालिकाले आजबाट २९ वडामा बुस्टर डोज खोप दिँदै
    images

    ललितपुर । ललितपुर महानगरपालिकाले आजबाट सबै वडामा बुस्टर डोज खोप दिँदैछ । महानगरले केही दिनअघि नै जारी गरेको सूचना अनुसार आज र भोलि महानगरका २९ वटै वडामा बुस्टर डोज खोप दिन लागिएको हो । 

    दोस्रो मात्रा लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज खोप दिइने महानगरले सूचनामा भनेको छ । खोप लगाउने बेला भएका सबैलाई खोप केन्द्रमा गएर खोप लगाउन महानगरले आग्रह गरेको छ । 

    खोप कार्यक्रम बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म चल्ने जानकारी दिइएको छ । 

    lalitpur.jpg

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १०:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij