Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

७ अर्ब बढीको आईपीओ निष्कासनको तयारीमा २६ कम्पनी, कुन कम्पनीको कति ?

७ अर्ब बढीको आईपीओ निष्कासनको तयारीमा २६ कम्पनी, कुन कम्पनीको कति ?


  • 4.0K
    Shares

    ७ अर्ब बढीको आईपीओ निष्कासनको तयारीमा २६ कम्पनी, कुन कम्पनीको कति ?
    images

    २६ कम्पनीले  साधारण शेयर (आईपीओ) निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । हालसम्म २६ कम्पनीहरुले ७ अर्ब बढीको आईपीओ निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

    २० हाइड्रोपावर कम्पनी,३ माइक्रोफाइनान्स,२ जीवन बीमा कम्पनी र १ अन्य समुहका कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँ बराबरको ६ करोड ५९ लाख ४९ हजार २८९ कित्ता शेयर निष्कासनको लागि आवेदन दिएका छन् ।

    त्यसमध्ये २० वटा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ८ करोड ४१ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ८ लाख ४१ हजार ७७४ कित्ता शेयर निष्कासनको लागि आवेदन दिएका छन् । 

    रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मात्रै आईपीओ निष्कासनको अनुमति मागेका छन् । यी दुई कम्पनीले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्कासन गरिसकेका छन् ।

    रसुवागढी हाइड्रोपावर कम्पनी ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता र सान्जेन जलविद्युत कम्पनीले ३६ लाख ५० हजार कित्ता बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्न माग गरेका छन् ।

    तीन लघुवित्तले ७ करोड २१ लाख ५८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख २१ हजार ५८६ कित्ता शेयर आईपीओ निष्कासन गर्नेछ । उपकार लघुवित्त वित्तीय संस्था,सिवाईसी नेपाल लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले सो बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन्।

    उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता, सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्कासन गर्नेछ ।

    दुई जीवन बीमा कम्पनीहरुले एक अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्यारेन्सले सो बराबरको आईपीओ निष्कासनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

    रिलायवल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ थप गरी प्रतिकित्ता २१२ रुपैयाँको दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्ने छ ।

    यस्तै आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्नेछ । डिस मिडिया नेटवर्कले करिब २४ करोडको रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १६:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij