२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिनु भएको छ । नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रुपमा जनतासँग
जोडिएको संस्था भएकाले समयानुकुल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवा प्रवाहमा नापी विभागले विशेष ध्यान दिदै जनताले अनुभूति गर्नेगरी काम गर्नु पर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले २०७२ को विनासकारी भूकम्पका कारणले क्जषत भएका नियन्त्रण विन्दुहरुलाई प्रतिस्थापन गर्नेगरी आधुनिक प्रविधिको प्रयोग गरेर नियन्त्रण विन्दुहरु स्थापना गरी परिशुद्ध नापनक्सा गर्नको लागि विभागले काम गर्नु पर्ने र त्यसमा आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि बताए।
राष्ट्रिय भूमि आयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको काम भएकाले त्यस कामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरे ।
छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij