२०८२ भाद्र ६ गते शुक्रवार
शिक्षक सेवा आयोग लगायत अरु आयोगबाट लिइने परीक्षाको तयारी कसरी गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक तथा व्यावसयिक शिक्षाका पाठ्यक्रम अधिकृत खिलनाथ धमलाले तयार पारेका टिप्स यस्ता छन् ।
सबै भन्दा पहिला के गर्ने ?
१.आयोगले निर्धारण गरेका पाठ्यव्रmम र पाठ्यव्रmमको परीक्षा योजना, पाठ्यव्रmमको ढाँचा, विषय क्षेत्रका बारेमा स्पष्ट हुने ।
२. लिखित परीक्षा सम्बन्धी सामान्य परीक्षा र विषयगत परीक्षा सम्बन्धी स्पष्ट हुने ।
३. विषय क्षेत्र, पूर्णाङ्क, उत्तीर्णाङ्क, प्रश्नपत्र, परीक्षा प्रणाली र समयको बारेमा एकिन गर्ने ।
४. आयोगबाट सोधिने प्रश्नहरुको एकिन गरी समय विभाजन गर्ने र सो समयभित्र उत्तर दिने ।
के गर्ने?
१.अध्ययन सम्बन्धी चिन्तनको विकास गर्ने ।
२. फ्रेस मनस्थिति बनाउने ।
३. दैनिक बिहान सामान्य भए पनि योगाभ्यास गर्ने ।
४.अनावश्यक तनाव नलिने ।
५.अध्ययन गर्ने विषयवस्तु प्रति लगाव राख्ने
६. नयाँ नयाँ विषयवस्तु अपडेट भईरहने
७.आधिकारिक सामग्रीहरु खोजी गरी अध्ययन गर्ने बानी बसाल्ने
ध्यान दिनु पर्ने कुराहरु:
अध्ययन गर्ने सामग्रीहरु:
– आयोगबाट निर्धारण गरिएको पाठ्यक्रम लिने,
– परीक्षा दिने तहको पाठ्यक्रम, पाठ्यपुस्तक ऐन, नियम तथा निर्देशिकाहरु लिने,
– आयोगका विभिन्न समयमा प्रकाशित प्रतिवेदनहरु लिने,
– मन्त्रालय तथा विभिन्न शैक्षिक निकायहरुबाट प्रकाशित शैक्षिक स्मारिका, प्रतिवेदन, निर्देशिकाहरु लिने,
– आधिकारिक वेबसाइटबाट अध्ययन गर्ने सामग्रीहरु संकलन गर्ने,
– पाठ्यक्रममा भएका हुबहु विषयवस्तुहरु अध्ययन गर्ने र त्यसै अनुसार तयारी गर्ने
– पाठ्यक्रम अनुसारका स्रोत र सन्दर्भ सामग्रीहरुको सूचीकरण गरी आवश्यक सामग्री संकलन गर्ने र अध्ययनकाक्रममा महत्वपूर्ण स्थानमा संकेत गर्ने
– पाठ्यक्रम अनुसार आधिकारिक सामग्रीहरु संकलन गर्ने
– संकलन गरिएका सामग्रीहरुबाट पाठ्यक्रमसँग मिलाएर हेर्ने र नोट गर्ने
– नोट गरिएका विषयवस्तुहरु अध्ययन गर्ने तथा नमूना प्रश्न निर्माण गरी उत्तर लेख्ने
– स्पष्ट नभएका विषयवस्तुहरु आधिकारिक निकाय वा सामग्रीबाट हेरेर स्पष्ट हुने
अध्ययन गर्ने तरिका:
– पाठ्यक्रममा समेटिएका विषयवस्तुहरुको थप सामग्री खोजी गरी अध्ययन गर्ने,
– आयोगबाट सोधिएका प्रश्नहरुको टिपोट गरी समय व्यवस्थापन गरी उत्तर लेख्ने अभ्यास गर्ने,
– विश्लेषणात्मक उत्तर उत्तर लेख्दा शिष्ट, मर्यादित, सुधारका विकल्पहरु, कार्यान्वयन गर्न सकिने खालका उत्तर लेख्ने,
– लेखाईलाई सिलसिलाबद्ध, प्रष्ट, सफा र स्पष्ट देखिने गरी जवाफ दिने ।
वस्तुगत प्रश्नको उत्तर लेख्ने तयारी गर्दा:
– पाठ्यक्रममा दिइएका वस्तुगत खण्डको लागि आवश्यक सामग्री संकलन गरी अध्ययन गर्ने
– पाठ्यक्रम अनुसार आधिकारिक सामग्रीहरुबाट मुख्य मुख्य बुँदाहरु टिपोट गर्ने
– टिपोट गरिएका बुँदाहरु याद गर्ने र नमूना प्रश्नहरु निर्माण गरी अभ्यास गर्ने
– कुन एकाइबाट कति प्रश्न सोध्ने हो एकिन गर्ने
विषयगत प्रश्नको उत्तर लेख्ने तयारी गर्दा:
– पाठ्यक्रम मा दिइएका विषयगत खण्डको लागि आवश्यक सामग्री संकलन गरी अध्ययन गर्ने
– पाठ्यक्रम अनुसार आधिकारिक सामग्रीहरुबाट मुख्य मुख्य बुँदाहरु टिपोट गर्ने र विश्लेषण गरी निरन्तर अध्ययन गर्ने
– प्रश्नको उत्तर लेख्दा चाहिने जति मात्र उत्तर दिने, अनावश्यक बढी उत्तर नलेख्ने
– समयको व्यवस्थापन गरी नमूना प्रश्नको निरन्तर अभ्यास गर्ने
अन्त्यमा:
– प्रश्न निर्माण पाठ्यक्रम अनुसार हुने हुँदा पाठ्यक्रम भन्दा बाहिरका विषयवस्तु अध्ययनमा जोड नदिने
– कतिपय प्रश्नको उत्तर सामग्री अनुसार नै फरक फरक पाइने हुनाले आधिकारिक सामग्रीमा उल्लेख भएका मात्र अध्ययन गरी एकिन गर्ने
– परीक्षा दिने विषयको पाठ्यक्रम , पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको गहन अध्ययन गर्ने
– प्रश्नको उत्तर लेख्न सुरुमा नै मुख्य कुरालाई कोटेशनको रुपमा वा प्रश्नको उत्तर आउने गरी प्रस्तुत गर्ने
– प्रश्न अनुसार पृष्ठभूमि लेख्ने
– प्रश्नको प्रकृति अनुसार उत्तरलाई बुँदागत रुपमा प्रस्तुत गर्ने
– अन्त्यमा सुझाव तथा सकारात्मक निष्कर्षबाट उत्तरलाई समापन गर्ने
– छोटो समयमा धेरै उत्तर दिनका लागि चित्र, रेखाचित्र, डायग्राम, ग्राफ, आदि मार्फत पनि प्रस्तुत गर्न सकिन्छ ।
– प्रश्नको उत्तर दिंदा आफूले जानेजति नभई प्रश्नले मागे जति उत्तर दिनु पर्दछ
– प्रश्नको उत्तर दिने शैलिमा विविधता अपनाई आकर्षक बनाउने
– प्रश्नको अंकभार अनुसार समय व्यवस्थापन गरी आवश्यक मात्र उत्तर लेख्ने
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij