Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पछिल्लो २४ घण्टामा थपिए २५९ जना कोरोना संक्रमित, ५ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए २५९ जना कोरोना संक्रमित, ५ संक्रमितको मृत्यु


  • 8.0K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए २५९ जना कोरोना संक्रमित, ५  संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

    योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८२ हजार २ सय ४६ पुगेको छ। 

    गत २४ घण्टामा ५ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।      

    आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ सय ५७ जना क्वारेन्टाइनमा छन् । 

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १६:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij