Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

समृद्धि फाइनान्सकाे हकप्रद आजदेखि खुल्याे, कति गर्ने लगानी ? क-कसले दिन पाउछन् आवेदन ?

समृद्धि फाइनान्सकाे हकप्रद आजदेखि खुल्याे, कति गर्ने लगानी ? क-कसले दिन पाउछन् आवेदन ?


  • 4.4K
    Shares

    समृद्धि फाइनान्सकाे हकप्रद आजदेखि खुल्याे, कति गर्ने लगानी ? क-कसले दिन पाउछन् आवेदन ?
    images

    समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज फागुन ८ गते, आइतबारबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गरेको छ ।

    फाइनान्सले २:१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।

    क-कसले दिन पाउछन् आवेदन ?

    कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

    कहिलेसम्म दिने आवेदन ?

    कम्पनीको हकप्रदमा फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

    काे हाे बिक्री प्रबन्धक ?

    कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ । 

    कहाँबाट दिने आवेदन ?

    लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

    रेटिङ कति ?

    कम्पनीकाे हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।

    फाइनान्सले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

    62118965b063e.jpg

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १३:०३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij