Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आउँदो फागुन २६ देखि लेखनाथ महोत्सव

आउँदो फागुन २६ देखि लेखनाथ महोत्सव


  • 3.4K
    Shares

    आउँदो फागुन २६ देखि लेखनाथ महोत्सव
    images

    लेखनाथ । कोरोनाको जोखिम बढेसँगै स्थगित भएको १७ औं संस्करणको लेखनाथ महोत्सव फागुन २६ गतेदेखि सुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको शुक्रबार बसेको कार्यसमितिको बैठकले स्थगित भएको लेखनाथ महोत्सवलाई सुचारु गर्ने निर्णय गरेको हो ।

    ‘लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मुल नाराका साथ विभिन्न संघसंस्थाहरुको सहयोगमा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । यसअघि संघले माघ १३ देखि २४ गतेसम्म महोत्सव गर्ने निर्णय गरेकोमा कोभिड १९ को जोखिम बढेपछि स्थगित गरेको थियो

    लेखनाथ लगायत आसपासको कृषि, पर्यटन, सामाजिक, आर्थिक, सांस्कृतिक उत्थानका लागि अग्रणी भूमिका खेल्दै आएको संघले यसपटक पनि महोत्सवका माध्यमबाट थप सहयोग पुग्ने विश्वास लिएको छ । यसअघिका महोत्सव जस्तै १७ औं संस्करणको महोत्सव पनि सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गरेको आत्रेयले बताए ।

    उनले मुख्य प्रायोजक, विशिष्ट प्रायोजक, सह˗प्रायोजक, प्रवद्र्धक, विभिन्न सहयोगी संघ संस्था, मिडिया पार्टनर, प्रवद्र्धक, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, इलाका प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय लेखनाथ, विभिन्न राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न सञ्चार माध्यम, पत्रकार लगायत आम जनसमुदायबाट साथ र सहयोग प्राप्त हुने विश्वास लिएको समेत बताए ।

    अध्यक्ष आत्रेयले आइतबारबाटै महोत्सवसँग सम्वन्धित सवैकामलाई दु्रत गतिमा अघि बढाइनेसमेत बताए । स्टल बुकिङ, प्रचारप्रसारलगायत कार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न संघसंस्था र सरोकारवालाहरुसँग समन्वय गरिएको महासचिव उपेन्द्र सुवेदीले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - ११:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij