२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । पुष १७ गते शुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिबेशन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरे संगै अधिबेशन अन्त्य भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका थिए ।
राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । चारवटा बैठक जम्मा ७ घण्टा मात्रै बसेका थिए । दश दिन पुग्नु अघिल्लो दिन अधिबेशन अन्त्य गरिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij