२०८२ माघ १० गते शनिवार
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १९ अंकले घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १.९४ अंकले घटेर २७३२.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १८.९९ अंकले घटेर २७१३.५२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.७९ अंकले घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ३५ कम्पनीको २ करोड २ लाख १५ हजार २५ रुपैयाँ ७९ पैसा बराबरको १९ हजार ५९८ कित्ता सेयर खरिदबिक्री भएको छ।
जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij