Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भक्तपुरमा दुर्घटना: टिपरको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुरमा दुर्घटना: टिपरको ठक्करबाट बालिकाको मृत्यु


  • 2.8K
    Shares

    भक्तपुरमा दुर्घटना: टिपरको ठक्करबाट बालिकाको मृत्यु
    images

    भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका–८ सुडाल रानीबारीमा बा ४ ख ७३५२ नम्बरको टिपरले ठक्कर दिँदा काभ्रे महाभारत गाउँपालिका–२ की ८ वर्षीय विनिता मगरको मृत्यु भएको हो ।

    सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको टिप्परले शनिबार राति करिब १० बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार ती बालिका स्थानीय बीएम इँटा भट्टामा कार्यरत बुबा सूर्यबहादुर मगरसँगै रहँदै आएकी थिइन् ।

    टिपरको ठक्करबाट घाइते भएकी उनलाई ख्वप अस्पताल पुर्‍याइएपनि उपचारको क्रममा उनको आइतबार बिहान ४ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायबउपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    प्रहरीले टिपर र सो टिपरका चालक भक्तपुर जेलाका २७ वर्षीय राजेश कुस्मालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - ११:०२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij