२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । शिक्षा तथा मानव स्राेत विका केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङ जिल्का ३२ विद्यालय छनोट भएका छन् । राईनासका नगरपालिका ८, बेसीशहरका ६ र सुन्दरबजार नगरपालिकाका ५ विद्यालय छनोटमा परेका छन् ।
त्यस्तै, दोर्दी गाउँपालिकाका ५ , मध्यनेपाल नगरपालिकाका ४ , मर्स्याङ्दी गाउँपालिकाका ३ र दुधपोखरी गाउँपालिकाको १ विद्यालय छनोट भएक छन् । केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ भने १७ वटा विद्यालयमा नविन प्रविधि जडान र १ विद्यालयमा प्रयोगशाला निर्माण गरिने छ ।
भवन निर्माणका लागि छनौट भएका विद्यालय मध्य ८ वटा विद्यालयमा ४ कोठे भवन बन्नेछ भने ९ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए । छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij