२०८२ भाद्र ६ गते शुक्रवार
शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको द्वितीय र प्रथम श्रेणीको कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा हुने शिक्षकको दरखास्त फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा पठाई आवश्यक सहयोग र समन्वय गरिदिन शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।
आयोगले गत माघ १२ गते ७७ वटै जिल्लाका समन्वय इकाइलाई पत्र पठाएर २०७८/११/१७ गतेभित्र दर्ता गरी म्याद समाप्त भएको मितिले १५ दिनभित्र पठाउन अनुरोध गरेको हो ।
आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालद्वारा जारी पत्रमा भनिएको छ, ‘शिक्षक सेवा आयोगबाट मिति २०७८ माघ १२ गते प्रकाशित माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको द्वितीय र प्रथम श्रेणीको कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा हुने शिक्षक पदको सूचना बमोजिम सम्पूर्ण इकाइहरूले आफ्नो जिल्लाभित्र कार्यरत २०७७ चैत मसान्तसम्म पाँच शैक्षिक सत्र पुरा गरेका शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन बढुवाको दरखास्त फाराम सूचनामा तोकिएबमोजिम र देहायको आधारमा मिति २०७८/११/१७ गतेभित्र दर्ता गरी म्याद समाप्त भएको मितिले १५ दिनभित्र प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा पठाई आवश्यक सहयोग र समन्वय गरिदिनु हुन आयोग हार्दिकतापूर्वक अनुरोध गर्दछ ।’ (वेबटिभी खबर)
हेर्नुहोस् सूचना
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij