२०८२ भाद्र ६ गते शुक्रवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको उमेरहदबारेको विषयलाई वार्तामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षक सेवा आयोगको २३ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्ने बताएका छन् । शिक्षकको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको र शिक्षकले पनि कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।
“शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको सन्देश गएको छ” उनले भने, “शिक्षक सम्मानित पेसा हो यसलाई दिगो बनाइ राख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनपर्छ ।”
उनले शिक्षक सेवा आयोग, नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उत्तिकै भूमिका रहनेमा जोड दिए ।
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र ९लाइसेन्स०को विज्ञापन प्रक्रिया अगाडि बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij