Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मोरङमा स्कुल बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

मोरङमा स्कुल बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु


  • 3.1K
    Shares

    मोरङमा स्कुल बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
    images

    विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–१ मा स्कुल बसले ठक्कर दिँदा बिहीबार साँझ एक जना पैदल यात्रीको मृत्यु भएको छ। 

    दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको पशुपति इङ्लिस बोर्डिङ स्कुलको बा१क ५६०९ नम्बरको बसले उर्लाबारी–मधुमल्ला पक्की सडक खण्डमा बसको ठक्करबाट मिक्लाजुङ गाउँपालिका-३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको हो।

    दिउँसो ४:३५ बजेतिर भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ ७:४५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    बस र चालक उर्लाबारी–४ का ६० वर्षीय हरिराज भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७८ शुक्रवार - १०:३८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij