Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा एकै दिन ४ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एकै दिन ४ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु


  • 7.5K
    Shares

    अमेरिकामा एकै दिन ४ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु

    संयुक्त राज्य अमेरिकामा कोभिड-१९ बाट ज्यान गुमाउनेहरुको संख्यामा नयाँ रेकर्ड देखिएको छ ।त्यहाँ एकै दिन कोरोनाबाट ४ हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।

    सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले दिएको जानकारी अनुसार गत बिहीबार मात्र कम्तीमा पनि ४ हजार १८० जनाको कोरोनाबाट मृत्यु भएको छ । एकैदिन २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् ।
     
    सीडीसीले दिएको जानकारी अनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो । शुक्रबारको तथ्यांक अनुसार करिब १ लाख ३२ जना नागरिक कोभिड संक्रमणका कारण बिरामी भएर अस्पतालमा रहेका बताइएको छ ।

    अमेरिकामा अहिलेसम्ममा कोरोना संक्रमणबाट २ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यहाँ ३ लाख ६९ हजार जनाको मृत्यु भइसकेको छ ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १४:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij