काठमाडौँ । २४ घण्टामा देशभर ५७० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३६४ र एन्टिनेज परीक्षणबाट २०६ जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा ९ हजार ७८९ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा ७ हजार २८ पीसीआर र २ हजार ७६१ एन्टिजेन परीक्षण भएको छ ।
यस आँकडामा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२४ घण्टामा १९९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
