Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नक्सामा होइन व्यवहारमै लिम्पियाधुराको भूमि फिर्ता ल्याएर छाड्ने ओलीले गरे घोषणा 

नक्सामा होइन व्यवहारमै लिम्पियाधुराको भूमि फिर्ता ल्याएर छाड्ने ओलीले गरे घोषणा 


  • 6.8K
    Shares

    नक्सामा होइन व्यवहारमै लिम्पियाधुराको भूमि फिर्ता ल्याएर छाड्ने ओलीले गरे घोषणा 

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने घोषणा गरेका छन् ।

    राष्ट्रियसभाको बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुगौली सन्धीले कायम गरेको नेपालको भूभाग मित्रतापूर्ण ढंगले वार्ता गरेरै नेपालको स्वमित्व स्थापित गर्ने बताए । ओलीले नक्सामा सामेल गरेर, संविधान संशोधन गरेपछि केही व्यक्ति अब भूमि पनि आउने भयो भनेर आफूविरुद्ध लागेको टिप्पणी गरे ।

    प्रधानमन्त्रीले भने– सुगौली सन्धीपछि १४६ वर्षसम्म हामीले उभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो । हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं । अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ । त्यो भूभाग कायम गरेर छाड्छौं । स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ ।

    आफूले अघिल्लो पटक संविधान जारी गरे बापत सरकार ढालेर नाकाबन्दी लगाउन सघाएको र यसपटक नक्सा जारी गरेर धेरै राष्ट्रिय महत्वका काम गरेपछि सरकार ढाल्न खोजेको आरोप प्रचण्डमाथि लगाए ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १४:०६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij