२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । माछापुच्छ्रे बैंकले हालै बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायब महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ।
नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक बढीको बैंकिङ अनुभव संगालिसकेका छन्।
माछापुच्छ्रे बैंकमै लामो समय उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहुबैंकिङ्ग व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन्।
त्यस्तै नायब महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशकजतिको अनुभव सगालेका छन्।
अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij