२०८२ मंसिर १३ गते शनिवार
वित्तीय प्रणालीमा तरलता अभाव भएपछि त्यसको नकारात्मक प्रभावले सेयर बजार प्रभावित भएको छ। तरला सहज नहुँदा केही समययता नेप्से सूचकका साथसाथै खरिदबिक्री रकममा समेत गिरावट आउन थालेको छ।
सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ। यसदिन नेप्से १.९३ प्रतिशतले घटेर २७ सय ३२.५२ विन्दुमा अडिएको छ।सामान्य अंकले नेप्से घटेसँगै सेयर कारोबार रकम निकै संकुचन आएको छ। यसदिन २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा कारोबार भयो।
यसअघि बुधबार २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा खरिदबिक्री भएको थियो। कारोबारमा आएका १३ समूहमध्ये दुईको मात्रै सूचक बढेको थियो।
बिहीबार ५ समूहको परिसूचक बढेको छ। बाँकी ८ समूहको सूचक ओरालो लागेको छ। यसदिन अन्यको ०.२२, मनु एन्ड प्रोको ०.११,जलविद्युतको ०.०८,म्युचुअल फन्डको ०.१४, ट्रेडिङको ०.४३ प्रतिशतले मूल्य बढेको हो। यस्तै बैंकिङको ० प्रतिशत, होटल एन्ड टुरिजमको ०.३२ प्रतिशत, फाइनान्सको ०.४६, ननलाइफ इन्योरेन्सको ०.०५,माइक्रोफाइनान्सको ०.०८ र लाइफ इन्स्योरेन्सको ०.४२ प्रतिशतले सूचक घटेको छ।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त वित्तीय शीर्षस्थानमा रह्यो।सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij