Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

घट्यो वीरगञ्ज भन्सारको राजस्व सङ्कलन

घट्यो वीरगञ्ज भन्सारको राजस्व सङ्कलन


  • 4.6K
    Shares

    घट्यो वीरगञ्ज भन्सारको राजस्व सङ्कलन
    images

    वीरगञ्ज। देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को माघमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ।

    कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा चार प्रतिशत कम राजस्व संकलन गरेको हो।

    माघमा वीरगञ्ज भन्सार कार्यालयले १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १६ अर्ब ४९ करोड ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो।

    कार्यालयले माघमा सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट ६ अर्ब ५० करोड ४७ लाख ४४ हजार राजस्व संकलन गरेको छ। आयात भएको सामानहरुको भन्सार महसुलबाट ५ अर्ब ८१ करोड ४५ लाख ९७ हजार रुपैयाँ संकलन गरिएको छ।

    त्यस्तै पूर्वाधार करबाट एक अर्ब २९ करोड ८८ लाख, अन्तःशुल्कबाट एक अर्ब ४० करोड ६६ लाख ७१ हजार, सडक मर्मत तथा सुुधार दस्तुरबाट ३१ करोड १५ लाख २० हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

    कार्यालयले गत आर्थिक वर्ष पनि विभागबाट पाएको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व संकलन गरेको थियो।

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - ११:३२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij