Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

राष्ट्र उत्थानको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

राष्ट्र उत्थानको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट


  • 4.7K
    Shares

    राष्ट्र उत्थानको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट
    images
    राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ अर्ब ४९ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बुधबार (फागुन ६ गते) बिहान १० बजेसम्ममा १२ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १८.८५ गुणा बढी आवेदन हो । 
     
    कम्पनीले बुधबार (फागुन ४ गते) बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
     
    लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ । 
     
    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - ११:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij