२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं। भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ। नयाँ मूल्य अनुसार आईओसीले मूल्य बढाएर नयाँ सूची पठाएको हो।
नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य सूची पठाएको हो।
आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ।
निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ। आईओसीबाट मूल्य बढेर आएको भए पनि तत्काल नेपालमा मूल्य बढ्ने नबढ्ने निगमले खुलाएको छैन।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij