२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाईते भएको दुई जना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाका प्रवक्ता संजीव शर्मा दासले जानकारी दिए । मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी महिला छन् ।
मिनीबसले ठक्कर दिएर फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij