Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड सम्पन्न, सेयर पाउने भाग्यमानी कति ? यसरी हेर्नुहोस् रिजल्ट

इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड सम्पन्न, सेयर पाउने भाग्यमानी कति ? यसरी हेर्नुहोस् रिजल्ट


  • 7.4K
    Shares

    इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड सम्पन्न, सेयर पाउने भाग्यमानी कति ? यसरी हेर्नुहोस् रिजल्ट
    images

    इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन ४ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड कार्निभल रेष्ट्राे, अनामनगर, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

    मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । थप ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । 

    जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

    यसरी हेर्न सकिन्छ रिजल्ट

    आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nicasiacapital.com/) , इमर्जिङ नेपाल लिमिटेडकाे वेभसाइट (https://emergingnep.com/)  र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १६:१७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij