२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको छ । ७ त ३८९९ नम्बरको ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij