२०८२ मंसिर १३ गते शनिवार
साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा पुगेको छ । नेप्से ०.७२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४७ अंकले घटेर ५१८.६६ विन्दुमा पुगेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ५६ लाख ५२ हजार एक सय ८२ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी २ वटा उपसमूहको शेयर बढेको छ । अन्य उपसमूह र लाइफ इन्स्योरेन्स बढेको हो ।
बुधबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड १४ लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । संस्थाको शेयरमूल्य ३.४४ प्रतिशतले बढेर एक हजार ३ सय ५५ रूपैयाँ पुगेको छ ।
यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै घटाएको छ । कम्पनीको संस्थापक शेयरको मूल्य ५.९६ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ७० रूपैयाँ २० पैसामा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij