Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नागरिक एपबाट आफ्नो ब्लुबुक नवीकरण गर्न सकिने, यस्ता छन् ब्लुबुक नवीकरण गर्ने तरिका !

नागरिक एपबाट आफ्नो ब्लुबुक नवीकरण गर्न सकिने, यस्ता छन् ब्लुबुक नवीकरण गर्ने तरिका !


  • 3.1K
    Shares

    नागरिक एपबाट आफ्नो ब्लुबुक नवीकरण गर्न सकिने, यस्ता छन् ब्लुबुक नवीकरण गर्ने तरिका !
    images

    काठमाडौं । यही फागुन १ गतेदेखि नागरिक एपबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरु भएको छ । हाललाई ई-सेवा र खल्ती डिजिटल वालेटबाट त्यसको रकम भुक्तानी गर्न सकिन्छ ।

    आज हामी तपाईँलाई नागरिक एपबाट ब्लुबुक नवीकरण कसरी गर्ने भन्ने विषयमा विस्तृत जानकारी दिँदैछौँ । हाललाई बागमती प्रदेशमा मात्रै यो सेवा उपलब्ध रहेको छ ।

    कसरी नवीकरण गर्ने ब्लुबुक ?

    सबैभन्दा पहिला आफ्नो स्मार्टफोनमा नागरिक एप खोल्नुहोस् र लग-ईन गर्नुहोस् । त्यहाँ भित्र गाडीको आइकन भएको भेहिकल ट्याक्स (सवारी कर) को विकल्पमा जानुहोस् र आफ्नो सवारी साधनको विवरण भर्नुहोस् ।

    तपाईँको सवारीसाधनको नम्बर अञ्चल वा प्रदेश कुन आधारमा दर्ता छ त्यसै अनुसार आवश्यक विवरण भर्दै जानुहोस् । त्यसमा प्रदेश ३ वा बागमती प्रदेश उल्लेख गर्नुहोस् र आफ्नो सवारीसाधन दर्ता रहेको कार्यालय छनौट गर्नुहोस् ।

    त्यसपछि सवारीसाधनको किसिम छान्नुहोस् र आफ्नो सवारीको लट नम्बर तथा सङ्केत उल्लेख गर्नुहोस् र सवारी साधन नम्बर भर्नुहोस् अनि अन्तिममा रहेको सर्च बटनमा थिच्नुहोस् ।

    -यति गरिसकेपछि यदि तपाईँले विवरणमा उल्लेख गरेको सवारीसाधन बागमती प्रदेशको यातायात व्यवस्थापन सूचना प्रणालीको सर्भरमा भेटिएको खण्डमा त्यसको विस्तृत विवरण आउँछ ।

    आफ्नो सवारीसाधनको विवरण फेला परेको अवस्थामा दायाँबाट बायाँतर्फ स्वाइप गर्नुहोस् । त्यहाँ तपाईँले आफ्नो सवारी साधनको कर, जरिवाना सहित बुझाउन बाँकी नवीकरण दस्तुरको हिसाबकिताब देखा पर्छ । त्यसको अन्तिममा रहेको ‘पे नाउ’ लेखिएको बटनमा दबाउनुहोस् ।

    यति गरिसकेपछि त्यहाँ तपाईँले भुक्तानी गर्न बाँकी नवीकरण दस्तुरको विवरण देखा पर्छ । त्यसको मुनीको बटनमा थिच्नुहोस् र आफूलाई पायक पर्ने कार्यालय छनौट गर्नुहोस् । अब अन्तिममा भुक्तानीका विकल्पहरू देखिन्छन्, त्यसमध्ये कुनै एउटा छनौट गर्नुहोस् र लग-ईन गरी नवीकरण दस्तुर बुझाउनुहोस् ।

    अब नागरिक एपमा जानुहोस् र अघि आफ्नो सवारीको विवरण देखिएको स्थानमा गएर बाँयातर्फ आफूले भुक्तानी गरेको सवारी करको विवरण हेर्न सक्नुहुन्छ । त्यहाँबाट भर्खरै आफूले भुक्तानी गरेको पछिल्लो करको बिजक डाउनलोड गर्नुहोस् ।

    अब आफ्नो अनुकूलता अनुसार कुनै बीमा कम्पनीबाट थर्डपार्टी इन्स्योरेन्स गर्नुहोस् । तपाईँले ई-सेवा लगायतका केही वालेटबाट समेत यस्तो इन्स्योरेन्स पोलिसी खरिद गर्न सक्नुहुन्छ । यति गरिसकेपछि थर्डपार्टी इन्स्योरेन्स र भर्खरै डाउनलोड गरेको बिजक प्रिन्ट गरेर ब्लुबुकको साथमा नजिकैको यातायात कार्यालय जानुहोस् । -त्यहाँबाट तपाईँको ब्लुबुक नवीकरण हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १४:५८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij