Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्य्राङ्कस्टार आकाश सेढाईं पक्राउ, सात दिनसम्म हिरासतमा राखिने

प्य्राङ्कस्टार आकाश सेढाईं पक्राउ, सात दिनसम्म हिरासतमा राखिने


  • 3.7K
    Shares

    प्य्राङ्कस्टार आकाश सेढाईं पक्राउ, सात दिनसम्म  हिरासतमा राखिने

    काठमाडौं । ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा प्य्राङ्कस्टार आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

    झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल घर भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय सेढाईंलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    आकाश उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १४:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij