२०८२ मंसिर ६ गते शनिवार
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबास चिउरीबासमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
नेपालटारबाट बालुवा गिट्टी बोकेर कोल्टेतर्फ जाँदै गरेको पावित्रा निर्माण सेवाको स १ क १९० नम्बरको टिपर अचानक ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकसहित ४ जना सवार टिपर सडकबाट करिब ४० मिटर तल खसी दुर्घटना भएको प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले वताए ।
दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका-७ का १९ वर्षीय उज्वल खपाङ्गीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गौतमले बताए । टाउको र शरीरमा चोट लागेका खपाङ्गीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।
दुर्घटनमा परी सप्तरीको कल्याणपुरका २९ वर्षीय चालक उमेशकुमार चौधरी, स्थानीय १९ वर्षीय युवराज खपाङ्गी र २४ वर्षीय भरत खपाङ्गी घाइते भएका छन् । घाइते तीनै जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij