२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । ६ महिनाभित्र संसद अधिवेशन बस्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले राष्ट्रियसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुरुप बोलाईएको राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने भएको छ ।
पुस १७ गते शुरु भएको राष्ट्रियसभा अधिवेशन आज अन्त्य गर्नका लागि मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने स्रोतले जनाएको छ ।
राष्ट्रियसभाको बैठकलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । संसदको यो अधिवेशन कुनै पनि विधेयक प्रस्तुत तथा छलफल नभइ अन्त्य हुने भएको छ । आफ्नो बिरोध हुने क्रम बढे संगै प्रधानमन्त्रीले राष्ट्रियसभा अन्त्य गराउन सिफारिश गर्ने भएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij