Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मानहुँकोट डाँडामा घुम्‍न आएका युवा मृत भेटिए

मानहुँकोट डाँडामा घुम्‍न आएका युवा मृत भेटिए


  • 9.6K
    Shares

    मानहुँकोट  डाँडामा  घुम्‍न आएका युवा मृत भेटिए
    images

    तनहुँ । तनहुँको पर्यटकीय केन्द्रको रूपमा चर्चामा रहेको मानहुँ डाँडामा एक पुरूषको शव भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार तनहुँको शुक्लगण्डकी गाउँपालिका -७ का ३५ वर्षका सागर थापा युबक बुधबार बिहान मानहुँडाँडामा मृत भेटिएका हुन् ।

    राति साथीहरुसँग मानहुँडाँडामा बसेका ती युवक विहान मृत भेटिएको प्रहरीको भनाइ छ । उनीहरू राति टेन्टमा बसेका थिए । 

    ‘साथीहरू मानहुँकोटको अन्य स्थान घुम्न गएका थिए, घुमेर घर फर्किनका लागि सागरलाई उठाउँदा सागर उठेका थिएनन्,’ तितिमिल्सनाले भने ।

    उनीसँग आएका साथीहरुले रातभर नाचगान गरेर रमाइलो गरेपछि उनी बिहान सुत्छु भनेर गएको तर अबेरसम्म पनि न उठेको उनको भनाइ छ । ‘सागर लगायत १०/१२ जना युवाहरुको समूह रातभर बास बसेर रमाइलो गरेका रहेछन्, केही समय आराम गर्छु भनेर सागर सुतेका रहेछन्, घर फर्किने बेलामा उठाउँदा मृत भेटिएछन्, डिएसपी तिमिल्सिनाले भने, ‘थप अनुसन्धानका लागि घटनास्थलमा आएका छौं ।’

     

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १४:३५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij