Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

तलब नपाएर हैरान बनेका इसीडी शिक्षकहरुमा छायो खुसियाली, पाउने भए केन्द्रले तोके बमोजिमको तलब

तलब नपाएर हैरान बनेका इसीडी शिक्षकहरुमा छायो खुसियाली, पाउने भए केन्द्रले तोके बमोजिमको तलब


  • 71.2K
    Shares

    तलब नपाएर हैरान बनेका इसीडी शिक्षकहरुमा छायो खुसियाली, पाउने भए केन्द्रले तोके बमोजिमको तलब
    images

    चितवनको कालिका नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्युनतम तलब दिने भएको छ । पुसमा बसेको नगरसभा बैठकले सबै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई नगरपालिकाको तर्फबाट ७ हजार रूपैयाँ थप गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्लेले जानकारी दिए ।

    कर्मचारीले अहिलेसम्म संघीय सरकारले उपलब्ध गराएको रकम मात्र पाएको र अब हुने तलब निकासामा ७ हजारका दरले आगामी साउन महिनादेखिको सबै बाँकी रकम उपलब्ध गराउने उनले वाग्लेले जनाए ।

    आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक १५ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

    कर्मचारीहरूलाई उक्त तलब उपलब्ध गराउन संघीय सरकारले इसीडी शिक्षक र विद्यालय सहयोगीका लागि मासिक ८ हजार रूपैयाँ र लेखा कर्मचारीका लागि १३ हजार ५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

    पालिकाभित्रका सामुदायिक विद्यालयमा ५८ जना इसीडी शिक्षक, ३६ जना विद्यालय सहयोगी र ६ जना लेखापाल कार्यरत रहेको शिक्षा शाखा प्रमुख वाग्लेले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७८ मंगलवार - १२:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij