Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

यी हुन् ओलीलाई समर्थन गर्ने काठमान्डौका दुई तिहाई जनप्रतिनिधि, प्रचण्ड-माधव पक्षमा सन्नाटा 

यी हुन् ओलीलाई समर्थन गर्ने काठमान्डौका दुई तिहाई जनप्रतिनिधि, प्रचण्ड-माधव पक्षमा सन्नाटा 


  • 8.3K
    Shares

    यी हुन् ओलीलाई समर्थन गर्ने काठमान्डौका दुई तिहाई जनप्रतिनिधि, प्रचण्ड-माधव पक्षमा सन्नाटा 

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आएसँगै दुईमध्य एक पक्षमा कित्ता स्पष्ट गर्ने क्रम जारी छ । केन्द्रदेखि स्थानीयतहसम्म नेकपा ओली पक्ष र प्रचण्ड-माधव पक्षमा विभाजित भइरहेका बेला केपी ओली पक्षले शुक्रवार आयोजना गरेको काठमाडौंका जनप्रतिनिधिहरुको भेलामा करीव दुई तिहाई निर्वाचित प्रतिनिधि सहभागी थिए ।

    दुवै समूहले जनतप्रतिनिधि र नेतारकार्यर्तालाई आफ्नो पक्षमा तान्न अधिकतम कोसिस गरिरहेका बेला काठमाडौंका प्रत्यक्ष निर्वाचित सबै तहका प्रतिनिधिलाई आफ्नो कित्ता प्रष्ट पार्न लगाइएको हो । तीनकुनेस्थित रोयल बेंक्वेटमा भएको भेलामा उपप्रधानमन्त्री इश्वर पोखरेलको उपस्थितिमा आफ्ना पक्षका जनप्रतिनिधिहरुको लेखाजोखा ओली पक्षले गर्‍यो ।

    दुई तिहाइ जनप्रतिनिधि ओलीतिर

    संयोगनै मान्नुपर्छ कि काठमाडौंमा तत्कालिन माओवादीले प्रत्यक्षतर्फ कुनै पनि तहमा जित्न नसकेका कारण विभाजित हुनेमा तत्कालिन एमालेबाट निर्वाचित जनप्रतिनिधिमात्र छन् । शुक्रवारको भेलामा धेरै जनप्रतिनिधि ओली पक्षतिर खुले ।

    विघटित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख गरि करिब दुई तिहाइ जनप्रतिनिधि ओली पक्षतिर लागेको पाइएको छ । विघटित प्रतिनिधिसभाका ६ सदस्यहरुमध्ये चार जना ओली पक्षतिर र बाँकी दुई जना प्रचण्ड–माधव पक्षतिर खुलेका छन् ।

    त्यस्तै प्रदेशसभाका १६ मध्य जना प्रत्यक्ष निर्वाचित सदस्यहरुमध्य चार जना प्रचण्ड(माधव पक्षतिर छन् । बाँकी १२ जना ओली पक्षतिर खुलेका छन् । स्थानीय तहका धेरैजसो मेयररउपमेयर पनि ओलीतिरै खुलेका छन् ।

    प्रतिनिसिधसभा सदस्य

    विघटित प्रतिनिधिसभामा तत्कालिन एमाले ६ सिट जितेको थियो । छ मध्ये चार जना ओली पक्षतिर खुलेका छन् । क्षेत्र नम्बर ३ का कृष्ण राई, ५ का ईश्वर पोखरेल, ७ का रामवीर मानन्धर र ९ का कृष्ण गोपाल श्रेष्ठ ओली पक्षमा छन् ।

    प्रचण्ड–माधव पक्षतिर क्षेत्र नम्बर २ का माधवकुमार नेपाल र ८ जीवनराम श्रेष्ठ छन्। काठमाडौंमा पूर्व माओवादीतर्फबाट उठेका सबै उम्मेदवार पराजित भएका थिए ।

    प्रदेशसभा

    प्रदेशसभाका प्रत्यक्ष निर्वाचित दुई तिहाइ सदस्य ओलीतिर खुलेका छन्। ओलीतिर खुल्नेहरुमा अजय क्रान्ति शाक्य, केशव स्थापित, गणेशप्रसाद दुलाल, नारायणबहादुर सिलवाल, योगेन्द्रराज संग्रौला, रमा आले मगर, राजेश शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाल, दीपक निरौला, प्रकाश श्रेष्ठ र मणिराम फुयाल रहेका छन् ।

    पूर्व माओवादी समूहले प्रदेशसभामा प्रत्यक्षतर्फ कसैले पनि जित हासिल पारेका थिएनन् । प्रचण्ड-माधव पक्षतिर खुलेका चार प्रदेश सांसदहरुमा अष्ट लक्ष्मी शाक्य, कुसुम कुमार कार्की,  केशव प्रसाद पोखरेल र वसन्त प्रसाद मानन्धर रहेका छन् ।

    स्थानीय तह

    काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य ओली पक्षीय हुन्। कागेश्वरी मनोहरा नगरपालिकाकामेयर कृष्णहरी थापा प्रचण्ड–माधव पक्षमा लागेका छन् भने उपमेयर विन्दु पुडासैनी ओलीतिर लागेकी छिन् ।

    कीर्तिपुर नगरपालिका मेयर रमेश मर्हजन र उपमेयर सरस्वती खड्का प्रचण्ड–माधव पक्षतिर खुलेका छन् । त्यस्तै चन्द्रागिरी नगरपालिका उपमेयर लिशा नकर्मी ओलीतिर लागेकी छिन् । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानमाया डंगोल पनि ओलीतिरै खुलेका छन् ।

    तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहोरा ओलितिर लागेका छन् भने उपपेयर भवानी डोटेल धिमाल तटस्थ बसेकी छिन् । नागार्जुन नगरपालिका उपमेयर शुशिला अधिकारी पनि तटस्थ छिन् ।

    बूढानीलकण्ठ नगरपालिका मेयर उद्यव खरेल र उपमेयर रमादेवी राई ओलीतिर खुलेका छन् । शंकरापुरका मेयर सुर्वण श्रेष्ठ ओलीतिर खुलेका छन् भने उपमेयर शुक्रलक्षमी श्रेष्ठ माधव नेपाल पक्षमा उभिएकी छन् ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १२:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij