२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेजले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको सुरुवात गरेको छ ।
लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाई शुरु गरेको हो ।
शुक्रबार कलेजको हलमा भएको एक औपचारिक कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशी तथा व्यवस्थापक,कर्मचारी र शिक्षकहरुले नयाँ विषयको पढाईको औपचारिक सुरुवात गरेका जानकारी दिएका छन् ।
बिजनेस विषयको पढाइको लागि प्रतिष्ठित शैक्षिक संस्थाको रुपमाआफूलाई स्थापित गरेको कलेजले हस्पिटालिटी विषयमा पनि उदाहरण बन्ने विश्वास कलेजले लिएको छ । चार वर्षको यो विषयको पढाईपछि उच्च तहको पढाईका साथै सिधै व्यवसायिक काममा प्रवेश गर्न सक्ने कलेजको बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij